बागमती प्रदेश विषयगत समितिले विवादित त्रिभुवनपार्कभित्रको अनधिकृत क्रियाकलाप रोक्न दियो निर्देशन

थानकोट ।

बागमती प्रदेश सभा, उद्योग, पर्यटन तथा वातावरण समितिको माघ ११ गते बसेको १० औं बैठकले त्रिभुवन पार्कको अनुगमन प्रतिवेदन पेश गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को २०७५।१२।४ र उच्च अदालतको २०७८।८।२९ गतेको फैसलाअनुसार बागमती प्रदेश सरकारको व्यवस्थापन जिम्मामा आएको शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोटको १६६ रोपनी जग्गा, पार्क, उद्यान पूर्वरुपमा प्रदेश सरकारमै हस्तान्तरण गराउन तत्काल प्रक्रिया अगाडि बढाउन संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई निर्देशन दिने समितिका सचिव राजु श्रेष्ठले जानकारी दिए ।

बहुमूल्य र अति महत्वपूर्ण रुख विरुवा जथाभावी काटी अवैध संरचना बनाउँदै गरेको र सार्वजनिक जग्गामा अतिक्रमण भइरहेको तथा अवैध रुपमा राखिएका संस्था तथा कार्यालयहरु तत्काल हटाउने कार्य गर्न संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई दिर्नेशन दिने

उक्त ठाउँमा रहेको बहुमूल्य र अति महत्वपूर्ण रुख विरुवा जथाभावी काटी अवैध संरचना बनाउँदै गरेको र सार्वजनिक जग्गामा अतिक्रमण भइरहेको तथा अवैध रुपमा राखिएका संस्था तथा कार्यालयहरु तत्काल हटाउने कार्य गर्न संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई दिर्नेशन दिने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी गराए ।

त्यस्तै प्रदेश सरकारले प्रतिष्ठान, स्थानीय तह र सरोकारवालाहरु समेतलाई आवश्यक समन्वय र निर्देशन गरी स्पष्ट परिचालनको योजना बनाइ लागू गर्न निर्देशन दिएको छ ।

थानकोट त्रिभुवन पार्क, जुन प्रयोजनको लागि जनताको सम्पत्ति अधिकरण गरेको हो सोही प्रयोजनको लागि नै प्रयोग हुने गरी योजना बनाइ लागू गर्न संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई दिर्नेशन दिने निर्णय गरेको हो ।

समितिको निर्देशनलाई कार्यान्वयन गरी एक महिनाभित्र त्यसको जानकारी गराउन संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई निर्देशनात्मक अनुरोध गरिएको समितिका सचिव राजु श्रेष्ठले बताए ।

स्मरण रहोस् : “त्रिभुवनपार्क संरक्षण तथा समन्वय समिति”को निरन्तर पहल र स्थानीयबासीहरुको दबाबपछि पौष १८ गते बागमती प्रदेश विषयगत समितिले त्रिभुवनपार्कको स्थलगत निरीक्षण , अनुगमन गरेको थियो ।

Scroll to Top