बागमती प्रदेश विषयगत समितिद्वारा विवादित त्रिभुवन पार्कको स्थलगत अनुगमन

काठमाडौं ।

बागमती प्रदेश अन्तर्गत उद्योग पर्यटन, वन तथा वातावरण समितिबाट आज त्रिभुवन पार्कको निरीक्षण भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं ३, ४ र ७ को सीमानामा रहेको त्रिभुवन पार्क (सहिद स्मृति प्रकृति प्रतिष्ठान)मा भैरहेको व्यथिति तथा कानुन विपरीत लगायतका गतिविधिहरुको बारेमा २० जना माननीयहरुबाट स्थलगत अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ ।

लामो समयदेखि विवादमा मुछिदै आएको यो पार्क २०७५ सालको मन्त्रीपरिषदबाट बागमती प्रदेश सरकारको मातहतमा गएपछि पहिलोचोटि बागमती प्रदेशको विषयगत समितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्र भित्रको पार्क अनुगमन गरेका हुन् ।

बागमती प्रदेश अन्तर्गत गएको भएपनि (सहिद स्मृति प्रकृति प्रतिष्ठान) ले एकलौटी रुपमा मनोमानी ढंगले कार्य गर्दै आईरहेको थियो ।

स्थानीय जनताको जग्गालाइ सार्वजनिक पार्क बनाउन अधिकरण गरिएको पार्क हाल निजि क्षेत्रलाई जग्गा भाडामा दिने लगायतका कारण तहसनहस हुँदै गएको छ ।

सोही अवसरमा पार्क पार्ककैरुपमा सन्चालन हुनुपर्ने, पार्क सम्बन्धी विवाद यथाशीघ्र समाधान गरिनुपर्ने , स्वामित्व र अधिकार प्रत्यायोजन गरि स्थानिय बासिन्दाको समेत सहभागिता रहनेगरि बागमती प्रदेशले तत्काल कार्यविधि निर्माण गरेर हस्तान्तरणको प्रक्रिया अगाडि बढाउनुपर्ने लगायत माग राखेर स्थानीय सरोकारवालाहरुले गठन गरेको ” त्रिभुवन पार्क ( सहिद स्मृति प्रकृति प्रतिष्ठान संरक्षण तथा समन्वय समिति” बाट ज्ञापन पत्र समेत बुझाएको छ ।

Scroll to Top