बागमती प्रदेश सरकारले अनलाइनबाटै रुट पर्मिट दिने

काठमाडौँ उपत्यका सहितका ६ वटा यातायात व्यवस्था कार्यालयबाट उक्त सेवा पाइने

काठमाडौं । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइन माध्यमबाट पटके रुट इजाजत सेवा दिने तयारी गरेको छ ।
मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयहरूबाट उक्त सेवा प्राप्त गर्ने गरी अनलाइनबाटै पटके रुट इजाजत लिन पाइने मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए । मंगलबार औपचारिक रूपमा यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरबाट शुभारम्भ गर्ने तयारी गरिएको सूचना अधिकारी पौडेलले बताए ।

प्रदेश सरकारले हरेक ५० किलोमिटर दुरीलाई १ युनिट कायम गरी एक पटकमा १५० रुपैयाँका दरले पटके रुट इजाजत शुल्क उठाउने गरेको सचिव निरौलाले बताए । हरेक ५० किलोमिटरको दुरीमा इजाजत शुल्क १५० रुपैयाँका दरले थप हुने उनले बताए ।

यातायात व्यवस्था कार्यालय खुर्कोट, सिन्धुली, यातायात व्यवस्था कार्यालय साना-ठुला सवारी एकान्तकुना, ललितपुर, यातायात व्यवस्था कार्यालय, हेटौडा मकवानपुर, यातायात व्यवस्था कार्यालय, भरतपुर चितवन, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौँ चन्द्रागिरि नगरपालिकास्थित ढुंगेअड्डा र यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरबाट उक्त सेवा पाइने


काठमाडौँ उपत्यका सहितका ६ वटा यातायात व्यवस्था कार्यालयबाट उक्त सेवा पाइने उनले बताए । यातायात व्यवस्था कार्यालय खुर्कोट, सिन्धुली, यातायात व्यवस्था कार्यालय साना-ठुला सवारी एकान्तकुना, ललितपुर, यातायात व्यवस्था कार्यालय, हेटौडा मकवानपुर, यातायात व्यवस्था कार्यालय, भरतपुर चितवन, यातायात व्यवस्था सेवा कार्यालय काठमाडौँ चन्द्रागिरि नगरपालिकास्थित ढुंगेअड्डा र यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारी भक्तपुरबाट उक्त सेवा पाइने उनले बताए ।

Scroll to Top