बागमती प्रदेश : सरकार गठनको तयारीमा सत्ता गठबन्धन

बागमती प्रदेशमा एमालेले सरकारको नेतृत्व प्राप्त गर्ने संभावना कति ?


काठमाडौं । सत्ता गठबन्धनका दलहरु बागमती प्रदेशमा सरकार गठनको तयारीमा छन् ।
केन्द्रीय तहमा सत्ता गठवन्धन दलहरुले प्रदेश तहका नेतृत्वको भागवण्डा मिलाउने बित्तिकै यस प्रदेशमा पनि सरकार गठनको तयारी गरिएका छन् ।
बागमती प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लाग्ने वित्तिकै सरकार गठन हुने नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो । पछिल्ला दिनहरुमा यस प्रदेशमा एमालेले सरकारको नेतृत्व प्राप्त गर्ने संभावना पनि बढेर गएको छ ।

सरकार गठनका लागि नेकपा माओवादी केन्द्रले पनि दाबी गरिरहेको छ । अबको एक वर्षसम्म माओबादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग केन्द्रीय तहका नेताहरुलाई राखेको छ ।


सरकार गठनका लागि नेकपा माओवादी केन्द्रले पनि दाबी गरिरहेको छ । अबको एक वर्षसम्म माओबादीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग केन्द्रीय तहका नेताहरुलाई राखेको छ ।
सत्ता गठबन्धनसँग स्पष्ट बहुमत नहुँदा दलहरू साना पार्टीको समर्थनको खोजीमा तीव्र दौडधुपमा छन् । सरकार टिकाउन र नयाँ सरकार बनाउन सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको कसरत फलदायी बन्न सकिरहेको छैन । जसका कारण सरकारको भविष्य अनिश्चित बनिरहेको छ । सत्ता गठबन्धनलाई बहुमत पु-याउन मात्र १ सांसद अपुग छ ।

Scroll to Top