बागमती प्रदेशमा बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री

काठमाडौं : बागमती प्रदेशमा हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त भएका छन्।

आज मुख्यमन्त्री शालिकराम जमकट्टेलले बज्राचार्यलाई मन्त्री नियुक्त गरेका हुन ।

हानेपा ससंदीय दलका नेतासमेत रहेका बज्रचार्यले आजै संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिँदै सपथग्रहण लिएकाका छन्।

कूल १ सय १० जना प्रदेश सभासदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। वर्तमान सत्ता गठबन्धनमा एमालेका २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसद रहेका छन् ।

Scroll to Top