बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागतीन व्यापारीबाट २५ हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन व्यापारीबाट २५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले दुई होटल तथा रेष्टुँराबाट जनही १०÷१० हजार र एक डेरी पसलबाट ५ हजार गरि २५ हजार रुपैयाँ जरिवाना गराएको हो । विभागको टोलीले आइतबार अटो पार्टस, डेरी उत्पादन, मिठाई, होटेल तथा रेष्टुँरा, औषधी पसल गरि २१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

Scroll to Top