बालागाउँमा गणेश महालक्ष्मी तथा वन महालक्ष्मी जात्रा आयोजना हुँदै

चन्द्रागिरि नगरपालिका ०६ बालागाउँमा गणेश महालक्ष्मी तथा वन महालक्ष्मी जात्रा आयोजना हुँदै छ । मंसिर ९ देखि १२ गतेसम्म बालागाउँमा हुने जात्राको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिए ।
जात्राको अन्तिम दिन मंसिर १२ गते मंगलबार मातातीर्थ बालागाउँ जात्रा समितिको संयोजनमा हुने सांस्कृतिक कार्यक्रममा चर्चित हास्य कलाकार रवी डंगोल बेमान, पूर्ण थापा सुब्बा सायब उपस्थिति हुने समितिले जानकारी गराए ।
कार्यक्रम अपरान्ह ३ बजेदेखि सुरु हुने सो कार्यक्रम गजल सन्ध्यासमेत हुने आयोजकले जनाएको छ ।

Scroll to Top