बिवाहको खर्च मानव सेवा आश्रमलाई

रञ्जन यादब /बारा

पछिल्लो समय बिवाहलाई तडक भडकका रुपमा मनाउने चलन आएको छ । अरुलाई देखाउँनकैलागि भनेपनि ऋण खोजेर भएतापनि बिवाह बिभिन्न तारे होटेलहरुमा मनाउने र धेरै खर्च गर्ने चलन युवाहरुमा देखिन्छ । तर यस्तो चलनलाई तोड्दै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य समेत रहि सकेका फास्ट ट्रयाक एयरपोर्ट निर्माण मुल ब्यवस्थापन तथा सरोकार समितीका संयोजक रबिराज दंगालले टिकाटालो गरी सधारण तरिकाले आफनो बिवाह सम्पन्न गरेका छन् ।

मंसिर २९ गते काठमाण्डौंमा निकै साधारण र एकदमै सरल तरिकाले टिकाटालो शैलिबाट सप्तरी मुलघर भई काठमाण्डौं बस्दै आएकी रेश्मी लामिछानेसँग विवाह बन्धनमा बाँधिनुभएको छ ।बिवाह बन्धनमा बाधिएका दंगालले निजगढ नगरपालिका वडा नं.४ पुरानो टोलमा बावा रामेश्वर मन्दिर परिषरमा मानव कल्याण समाजको भवन निर्माण बिवाहकोलागि छुट्याएको रकम आर्थिक सहयोग गरेका छन् ।

कुनै तडकभडको भोजभतेर नगरी भोज गर्ने खर्च निजगढमा निर्माणको अवस्थामा रहेको मानव सेवा आश्रमलाई चेक मार्फत एक लाख २५ हजार र दक्षिणमा जम्मा भएको ७ हजारसहित एक लाख ३२ हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।बरबधुलाई दक्षिणा दिनु नपर्ने भनिएपनि केहि आफन्तले परम्परा स्वरुप दक्षिणा मार्फत दिएको करिब सात हजार नगद पनि आश्रमलाई नै सहयोग गरेका छन् ।

Scroll to Top