बुढानिलकण्ठ नगरका सब-इन्जिनियरसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका तत्कालीन सब-इन्जिनियर टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार दुई जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

अख्तियारको टोलीले मंसिर १४ गते टिकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत उनले सेवाग्राहीसँग घुस लिएको प्रवक्ता थपलियाले बताए।

Scroll to Top