बुद्धरत्नका १० हाईकुहरु

हाईकुलाई साहित्यको सुक्ष्म आकारको विधा मानिन्छ । पाँच , सात , पाँच अक्षरले निर्माण हुने हाईकु आकारमा सानो भएर पनि सशक्त र अझ प्रभावकारी भाव प्रवाह गर्नसक्ने विधाका रुपमा परिचित छ । जापाबाट थालनी गरिएको भनिएको हाईकु नेपालमा समेत चर्चित छ । यसको लेखन , प्रकाशन र विमर्श हुँदै आएकै छ । यसै सन्दर्भमा आज “शनिबार – साहित्यबार”मा थानकोट , टेकानपुरका बुद्धरत्न बलामीका १० थान हाईकु प्रस्तुत गरिएको छ ।


बूढो ओठमा
एक खिल्ली चुरोट
जिउँदै मर्छ ।

……………………..

अचम्म भयो
कपाल झरेपछी
काईंयो भेटें ।

……………………..

कतै छुटेछ
पानबुट्टे रुमाल
सपना जस्तै ।

……………………..

समय छैन
स ( सानो काम थियो
पछि भेटौंला ।

……………………..

हुरि बतास
बसमा छैन मन
झुपडी घर ।

……………………..

चितामा जल्छ
हृदय एकनास
तिम्रो यादमा ।

……………………..

घर बेहाल
मुसा उफ्रन्छ नाच्छ
छिमेकी हाँस्छ ।

……………………..

म आएको छु
आफ्नै लास बोकेर
मुर्दा घरमा ।

……………………..

एकान्त ठाउँ
कोइलीको आवाज
तिम्रो प्रतीक्षा ।

……………………..

अब आउँछ
घामको जन्मदिन
यो रातपछी ।

Scroll to Top