ब्याकुल साँझ

मौन आवाज

म एक्लै छु

टाढा

जून एक्लै छ आकाशमा ।

साँझपख

कसैलाई पर्खिरहेको

एउटा प्रतीक्षारत छाँया छ

नैराश्यता छ

र मौनता छ ।

साँझमा

जून एक्लै छ

म एक्लै छु ।

एउटा क्रमिक ध्वनि

जो अटूट

प्रतिध्वनित भैइरहेछ यतै कतैतिर ।

साँझमा

एउटा अटूट धून जो गुञ्जिरहेछ / निरन्तर –

म सुन्दैछु

ती नबजेका धूनहरु – जो बज्नेवाला छ

आउनेवाला छ कोहि

पर्खिरहेछु !

टुक्रा / टुक्रा हुँदैछ उज्यालो

बढ्दैछ अँध्यारो ।

म अझै एक्लै छु

र टाढा अझै एक्लै छ जून !

साँझमा

म एक्लै छु

र कोहि आउनेवाला छ

पर्खिरहेको छु !

Scroll to Top