भक्तपुरमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेर एक जनाको मृत्यु

भक्तपुरमा ग्याँस सिलिण्डर लिक भइ आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगरको उपचारका क्रममा आज मृत्यु भएको हो ।मंगलबार रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन ।

किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनापछि उनलाई धुलिखेलपछि मंगलवार राती किर्तिपुर लागिएको थियो । घटनाका सम्बन्धमा हाल अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ 

Scroll to Top