भक्तपुर जिल्ला अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता : एलेस र विक्की अन्तिम आठमा

मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का एलेस चक्रधर र ४ का विक्की श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ अन्तिम आठमा स्थान बनाउन सफल भएका छन् ।
अन्तराष्ट्रिय ब्याडमिन्टन बिकास केन्द्र, लोकन्थलीद्वारा आयोजित प्रतियोगितामा चक्रधरले मध्यपुर १ का हरि खड्कालाई २१–१३, १६–२१, २१–१६ ले र विक्कीले मध्यपुर ५ का अंकित श्रेष्ठलाई २१–९, २१–१५ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रममा सूर्यविनायक ५ का सरोज खड्काले मध्यपुर ८ का अष्टमान चक्रधरलाई २१–७, २१–१० ले पराजित गरे । यसैगरि मध्यपुर ७ का दशरथ बुढा, ३ का स्वर्णिम गिरी र ४ का संयोज बस्नेत प्रतिद्वन्दिबाट वाकओभर प्राप्त गर्दै अन्तिम आडमा पुगे ।
ब्वाईज यु–१५ एकल तर्फ भएको एक मात्र खेलमा मध्यपुर ८ का सुगम कार्कीले ३ का अनिश बस्याललाई २१–११, २१–८ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
पुरुष युगल तर्फको खेलमा मध्यपुर ठिमी ७ का भिमराज कार्की र साजन न्यौपानेको जोडीले सूर्यविनायक ८ का राजेश खाइतु र शक्ति श्रेष्ठको जोडीलाई २१–१६, २१–१२, सूर्यविनायक ३ का आशिष निरौला र अशिष निरौलाको जोडीले मध्यपुर २ का कृष्ण थापा मगर र राजु श्रेष्ठको जोडीलाई १७–२१, २१–१७, २१–१४ र सूर्यविनायक वार्ड नं. ४ का नवराज सापकोटा र प्रेम तामाङ्गको जोडीले मध्यपुर ठिमी ५ का दीपक श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–७, २१–२ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान पक्का गरे ।
यसैगरि मास्टर्स युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा सूर्यविनायक ८ का डेन लामा र राकेश थापा मगरको जोडी, मध्यपुर १ का दीपक खनाल र मनिष पराजुलीको जोडी, सूर्यविनायक ४ का केशव कार्की र भजेश खड्का, मध्यपुर १ का मोहन कबे र श्याम बहादुर थकुलाको जोडी, मध्यपुरकै प्रेमभक्त जैना र सुरेश कुमार था श्रेष्ठको जोडी, सूर्यविनायक ४ का उमेश कार्की र उमेश खड्काको जोडी, ८ का दीपक बस्नेत र राजेश धिमसुको जोडी, मध्यपुर ८ का हरि धेके र पूर्णहरि होनाको जोडी पनि क्वाटरफाईनलमा प्रवेश गर्न सफल भएका छन् ।

सरोज र जुनिताले प्राप्त गरे प्रथम स्थान
नयाँ वर्ष २०८१ को अवसरमा नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको सातौं स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पुरुषतर्फ सरोज मानन्धर र महिलातर्फ जुनिता श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् ।  
हरेक नयाँ वर्षको अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा स्व.निलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस र स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा यसपटक विजेता  बनेका सरोजले १० हजार र जुनिताले ७ हजार नगद पुरस्कार प्राप्त गरे । खुला रुपमा क्लबका प्रशिक्षार्थीहरुबीच गरिएको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने सरोजले बेन्च प्रेस र स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा गरी कुल ३ सय ५०.२८ किलोग्राम तौल उचालेका थिए । त्यस्तै, दोस्रो हुने दिलेन्द« महर्जनले ३ सय ४५.०६ केजी र तेस्रो हुने सन्तोष गिरीले ३ सय २०.३६ केजी तौल उचालेर क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यसैगरी, महिलातर्फ प्रथम हुने जुनिताले २ सय १३.१३ किलोग्राम उचालेकी थिइन् । दोस्रो हुने एनी सायराले १६०.६३ केजी र तेस्रो हुने पूजा सुनुवारले १४६.३६ केजी भार उचालेकी थिईन् । महिलातर्फ दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच र तीन हजार नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी डेमोस्ट्रेसन प्रतिस्पर्धाको रुपमा खेलाइएको डेडलिप्mटको मात्र एकल स्पर्धामा सर्वाधिक २ सय १० केजी भार उचालेर सविन परियारले नगद १० हजार पुरस्कार जित्न सफल भए । विजेताहरुलाई प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा काठमाडौं १७ वडाका अध्यक्ष नवीन मानन्धर, विशेष अतिथि काठमाडौं २७ वडाका अध्यक्ष योगेश खड्गी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, प्रथम मिस्टर नेपाल तथा ब्यायाम मन्दिर डाइरेक्टोरियल काउन्सिलका शिवलाल श्रेष्ठ लगायतले नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।

Scroll to Top