भत्कियो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए । सम्भवत : आजै मन्त्रिपरिषद् पुनर्गठन हुने समेत जानकारी दिए ।

आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । ‘एमालेसँग भएको सहमति अनुसार नै प्रचण्डले देउवालाई भेट्न लाग्नु भएको स्रोतले बतायो ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।

Scroll to Top