भरत तालमा समुन्द्री एडभेन्चर ‘जेड स्की’ संचालनमा

सर्लाहीको बागमतीमा रहेको ‘भरत ताल’मा समुन्द्री ‘एडभेन्चरे ‘जेड स्की’ संचालनमा आएको छ ।
शनिवार बागमती नगरपालिका–१२ र ४ मा स्थित बागमती माछा पोखरी अर्थात भरत तालमा वाग्मती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले ‘जेड स्की’ को विधिवत उद्घाटन गरेका हुन् ।

ताल भ्रमणमा आउने प्रर्यटकका लागि आकर्षित गर्ने उदेश्य ‘जेड स्की’ प्रयोगमा ल्याईएको हो । यसको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीय स्तरमै समुन्द्री जलसयरको मज्जा लिन सकिन बागमती इन्टरटेन्मेन्ट प्रालिका प्रोप्राईटर गौतम खड्काले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
उनले यसमा चालक सहित तिन जना सम्म बसेर जल सयर गर्न सकिने छ भने, त्यसमा जोडिएको बनाना राईडर र दुनोड राईटरमा ५ जना सम्म बसेर सयर गर्न सकिने बताए । ५५ लाखको लागतमा संचालनमा ल्याईएको ‘जेड स्की’ संम्भवत नेपालमा पहिलो भएको खड्काले बताएका छन् ।

Scroll to Top