भीपीएन र डीएनएसबाट टिकटक चलाउँदा आर्थिक दुरुपयोगका घटना बढ्यो : प्रहरी

भीपीएन र डीएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पु-याई चोरी

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र डोमिन नेम सिस्टम (डीएनएस_को माध्यमबाट टिकटक चलाउदा जोखिम बढिरहेको भन्दै नचलाउन आग्रह गरेको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले विज्ञप्ति जारी गर्दै सरकारले भिडियो प्लाटफर्म टिकटक पूर्णरुपमा प्रसारण बन्देज लगाएकोले भीपीएन र डीएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट नचलाउन आग्रह गरेका हुन् ।

भीपीएन र डीएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाईसमा रहेका महत्वपूर्ण डाटा, ब्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुयाई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको प्रहरीले जनाएको छ ।

विद्युतिय स्वरुपमा गैर (कानूनी कुरा संप्रेषण गर्ने, संप्रेषण गरिएका गलत सामाग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै ब्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएकोले यस्ता गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ ।

Scroll to Top