भीमफेदी–कुलेखानी–दक्षिकाली सडक खण्ड चैत ३० गतेसम्म बन्द

कुलेखानी–चित्लाङ–चन्द्रागिरिको बाटो प्रयोग गर्न सकिने

काठमाडौं ।
हेटौँडाबाट काठमाण्डौ जोड्ने छोटो दूरीको सडक खण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि गाडी आवागमन बन्द गरिएको छ ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने यस खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम शुरु हुने भएकाले आउँदो चैत ३० गतेसम्म सडक बन्द रहने भएको हो ।

यो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

त्यस्तै, काठमाडौंबाट हेटौंडा जाने सबैभन्दा छोटो बाटो चन्द्रागिरिको मातातिर्थ हुँदै फाखेल, कुलेखानी हुँदै हेटौंडा जाने सडक पनि २ महिनाको लागि बन्द गरिएको छ ।

अहिले कुलेखानी–चित्लाङ–चन्द्रागिरिबाट काठमाण्डौ आवतजावत गर्न सकिन्छ त्यस्तै कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार नारायणगढ मुग्लिन सडक खण्ड हुँदै पनि काठमाण्डौ जान सकिनेछ ।

Scroll to Top