भूकम्प पीडितको सहयोगार्थ कविता साँझ हुने

जाजरकाेट र रूकुमकाे हालकाे भुकम्प प्रभावित अवस्थालाई ध्यानमा राखेर काठमाडौं कलिङ साहित्य महाेत्सव टिमले भूकम्प पीडित सहयोगार्थ कविता साँझ गर्छने भएको छ । टिमले यशस्वी प्रज्ञा प्रतिष्ठानकाे संयाेजन र आयाेजनामा आउने शुक्रबार (कार्तिक २४ गते शुक्रबार) दिनकाे ३:०० बजे सर्वनाम थिएटरमा कविता साँझकाे आयाेजना गर्दैछ । साे दिन २० कविहरूले कविता वाचन गर्ने भएका छन् । २० कविहरूकाे नाम समेटेर पोष्टर समेत सार्वजनिक भईसकेको ।

जाजरकाेट र रूकुमकाे भूकम्प पीडितका लागि रकम संकलन गर्ने अभियान समेत थालेको यशस्वी प्रज्ञा प्रतिष्ठानले आफ्नो संस्थाको तर्फबाट रु ५० ,००० सहयोग सहायता घोषणा गरिसकेको छ भने सोही संस्थाको अपिलमा विभिन्न अन्य संघ / संस्थाहरुले आर्थिक सहयोग जुटाउन थालेका छन् । आउने शुक्रबार कार्तिक २४ गतेको कविता साँझ पनि जाजरकोट र रुकुमका भूकम्प पीडितहरुको सहायताका लागि नै गर्न लागिएको आयोजक बाबू त्रिपाठीले बताउनु भयो । साथै , सो कविता साँझ कार्यक्रम संचालन गर्न सर्वनाम थिएटरले हल नि:शु्ल्क उपलब्ध गराउने भएको छ ।

Scroll to Top