भोलिबाट नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ विश्वव्यापी रिलिज हुँदै

भोलि जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन पारेर नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ विश्वव्यापी रिलिज हुने भएको छ ।

नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने चलचित्रका निर्देशक दिनेश राउतले बताए ।

समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने योजनामा रहेका निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको भन्दै आएका छन् ।

चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह मुख्य भूमिकामा छन् ।

चलचित्रमा अभिनेत्रीहरू अञ्जना बराइली, परीक्षा लिम्बू मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेललगायत कलाकारको अभिनय छ । चलचित्र भोलिबाट रिलिज हुँदै छ । 

Scroll to Top