भोलि चन्द्रागिरि-११ सतुङ्गलमा “चन्द्रागिरि सडक महोत्सव २०८०” आयोजना हुने

चन्द्रागिरि नगरपालिका वडा नं ११ द्वारा आयोजना हुन गइरहेको ऐतिहासिक साँस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि भन्ने नाराका साथ चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुंगलले भोलि असोज २० गते शनिबार “चन्द्रागिरि सडक महोत्सव २०८०” आयोजना गरेको छ । उक्त आयोजना विजया दशमीको हार्दिक शुभ कामनासहित स्थानीय उत्पादन र बजार प्रबद्र्धन गर्ने उद्देश्यले गरिएको च.न.पा ११ वडाध्यक्ष नरेन्द्र राज श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त महोत्सवमा नेवारी खाजा, सांस्कृतिक कार्यक्रम, नृत्य, वी नेवार्स क्यालिनखः साथै अन्य विभिन्न कार्यक्रमहरू हुने र महोत्सव असोज २० गते शनिबार बिहान ११ बजेदेखि सतुङ्गल, चन्द्रागिरि नगरपालिका वडा नं ११ मा शुरु हुने आयोजकले जानकारी दिनुभयो ।

Scroll to Top