भोलि जमुनाहा नाका हुँदै १५ वटा मुर्रा राँगा नेपाल भित्रिने

काठमाडौँ । बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाका हुँदै भारतले पठाएको मुर्रा राँगा नेपाल भित्र्याउन लागिएको छ । बुधबार भारतले पठाएको १५ वटा मुर्रा राँगा रुपैडिहा–जमुनाहा नाकाबाट भित्र्याउने तयारी गरिएको हो ।

नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरिसकेको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।

भारत सरकारले नस्ल सुधारका लागि उपहार स्वरूप दिएको उन्नत जातको मुर्रा राँगा नेपाल ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ । सोही स्थानबाट वीर्य उत्पादन, संकलन र संरक्षण गरिने छ ।

Scroll to Top