भोलि मातातीर्थ औंशी, चन्द्रागिरि ६ स्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्ने

काठमाडौं । भोलि मातातीर्थ औंशी । भोलि हुने मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको मातातीर्थ कुण्ड संरक्षण समितिका अध्यक्ष शान्ता उदासले बताए ।
मातातीर्थ औंशीको दिन चन्द्रागिरि नगरपालिका ६ मा रहेको मातातीर्थ कुण्डमा विशेष मेला लाग्छ । मेलाको अघिल्लो दिन अर्थात आज बेलुका मातातीर्थ कुण्डमा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु यस पवित्रि भूमिमा आई रातभरि बत्ती बालेर जाग्राम बस्छन् । हिन्दु र बौद्ध धर्मको संगम स्थल पनि मानिन्छ । यस मातातीर्थमा हिन्दु र बौद्ध धर्मावलम्बीहरु आएर आआफ्नो विधिअनुसार पूजा पाठ गर्ने, रातभर जाग्राम बस्ने गर्दछन् ।
यस दिन काठमाडौं वरपरका धर्माबलम्बीहरुको बिहानैदेखि घुइँचो हुन्छ । आफ्नो मृत आमाको सम्झनामा यस पवित्र भूमिमा आई नुहाएर आमाको सम्झनामा पिण्ड दान गर्ने, पुजा गर्ने गर्दछन् ।
मातातीर्थ औंशीका दिन भक्तनहरु यस तीर्थमा आई पोखरीमा डुबुल्की मारेर, धारामा स्नान गरी श्राद्ध गर्दछन् र ठूलो पोखरीमा पिण्ड सेलाउने गर्दछन् । छोराछोरीले आमाप्रति तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आआफ्नी आमाको मोक्ष प्राप्त गराउन यस पवित्र तीर्थमा मेला भर्न हरेक वर्ष काठमाडौं वरिपरिबाट लाखौं भक्तजनहरु चन्द्रागिरिको मातातीर्थमा आउने गर्छन् ।
मातातीर्थ औंशी एक पुण्य तिथि भएकोले यो तिथि शुभ कार्यको शुभ साइत पनि हो । तसर्थ जीवित र मृत आमालाई श्रद्धाभाव अर्पण गर्नाले पुण्य मिल्ने छ ।

मातातीर्थ औंशी एक पुण्य तिथि भएकोले यो तिथि शुभ कार्यको शुभ साइत पनि हो । तसर्थ जीवित र मृत आमालाई श्रद्धाभाव अर्पण गर्नाले पुण्य मिल्ने छ ।


त्यस्तै, आमा हुनेहरुले आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ। आजको दिनमा मातातीर्थ सम्झना गरिन्छ।
सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ। तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीहरुको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा बैशाख कृष्ण औंसीलाई लिइएको हो।

भगवान रामले बनाए मातातिर्थ कुण्ड
त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे। तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित ब्यक्ति सम्झँदै स्थानीयले उनीहरु माथी आक्रमण गर्न सुरु गरे।
त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो। सो घमसान युद्धमा दुवै पक्ष थकित र भोक९प्यासले आकुलब्याकुल भए। माता सीता पनि प्यासले आकुल ब्याकुल भइन्।
माता सिता पानि प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन। पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले।
‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा बाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो। उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन्।
कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो। यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भनिन थालिएको धार्मिक मान्यता छ।

अर्को किवदन्ती
प्राचीन समयमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो।
रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भइसकेकी आमाको दर्शन पाएछ। घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले।
त्यसपछि कुण्डमा छाँयाको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गर्दै गरेका छोरालाई घर फर्काइन्।
मृतक आमा पनि मातातीर्थमा आउने जनविश्वास रहँदै आएको छ। कुण्डमा आज पनि दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड९तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो ।

Scroll to Top