मंसिर १४ देखि हुन लागेको चौंथो थाहा महोत्सवको तयारी अन्तिम चरणमा

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा मंसिर १४ देखि हुन लागेको चौंथो थाहा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्टल व्यवस्थापन, कृषि मेला प्रदर्शनी, पर्यटकीय जोनलगायतको तयारी पूरा भएको छ भने मञ्च र बाल मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले बताए ।

महोत्सव मूल आयोजक समितिअन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्, बुधवार बेलिकी सम्म सम्पूर्ण तयारी पुरा हुनेछ’ उनले भने । आयोजकले महोत्सवको उद्घाटन बिहिबार विहान ११बजे गर्नेगरी कार्यक्रम तय गरेको छ । १० दिनसम्म संचालन हुने महोत्सवको उद्घाटन गर्न बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेल आउने भएका छन् । सो अवसरमा थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।

महोत्सव उद्घाटनअघि ओखरबजारबाट विहान ९ बजे शोभायात्रा शुरु गरिने संघका महासचिब जर्म श्रेष्ठले बताए । शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित महिला पन्चेबाजा, महिला खैजडी भजन ,तामांग ढ्यांग्रो नाच तथा स्थानीय स्काउटका साथै बिभिन्न बिद्यालयको सभागिता समावेश गर्ने गरी तयारी गरिएको छ । महोत्सवमा अवलोकनकर्ताहरुलाई मनोरन्जन प्रदान गर्न आउने कलाकारहरु पक्का भैसकेको छ ।

राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवमा प्रत्यक्ष बाजामा लोकदोहोरी समेत हुनेछ ।

उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्धनमा टेवा पु-याउन महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५० वटा स्टलहरु रहनेछन् ।

तस्बिर : शम्भु अधिकारी

Scroll to Top