मंसिर १४-२५ सम्म चौथो थाहा महोत्सव २०८० हुँदै

पर्यटकीय नगरी थाहा नगरपालिकाको इन्द्रायणी चौर मकवानपुरमा आगामी मंसिर १४ देखि २५ गतेबाट सञ्चालन हुन गइरहेको छ । चौथो थाहा महोत्सवका लागि सचिवालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । थाहा नगरपालिका ४ शिखरकोटस्थित थाहानगर उद्योग वाणिज्य संघको भवनमा सचिवालय स्थापना गरी कात्तिक १२ बाटै सञ्चालनमा ल्याइएको थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।
सचिवालयको स्थापनापछि महोत्सवको तयारी तीब्ररुपमा अघि बढ्ने महासचिव श्रेष्ठले बताउ । आयोजकले महोत्सवका लागि स्टल बुकिंग खुलाइसकेको छ । चौथो थाहा महोत्सव २०८० भरी प्रत्येक दिन राष्ट्रिÞ««य ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति हुनुका साथै स्थानीय कलाकारहरुले पनि प्रस्तुति गर्नेछन् ।
महोत्सवको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघ रहेको छ भने आयोजक थाहा नगरपालिका रहेको छ ।

Scroll to Top