मकवानपुरको दामनमा रहेको पर्वतीय बनस्पति उद्यानलाई पर्यटन प्रवर्द्धनमा प्रयोग गर्न स्थानीयको आग्रह

मकवानपुरको दामनमा रहेको पर्वतिय बनस्पति उद्यानलाई दामन आसपासको पर्यटन प्रवर्द्धनमा प्रयोग गर्न स्थानीयले आग्रह गरेका छन।

आज मंसिर १६ गते बनस्पति बिभागका महानिर्देशक राजेन्द्र केसी,उपमहानिर्देशक सरोज कुमार चौधरी तथा बनस्पति अनुसंधान केन्द्र मकवानपुरका प्रमुख रघुराम न्यौपाने समक्ष स्थानीयले उक्त आग्रह गरेका हुन। दामन स्थित सामाजिक संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधि हरु बिच भएको छलफलमा दामनमा रहेको पर्वतिय वनस्पति उद्यानलाई पर्यटन प्रवर्धनको निम्ति उपयोग गर्न स्थानियको आग्रह संगै करिव १३ सय रोपनी जग्गा रहेको उद्यानलाई पर्यटन र जडिबुटिको माध्यमबाट स्थानीय वासिन्दाको आर्थिक हैसियत उकास्न सकिने र यसको लागि स्थानिय तहसंग सहकार्य गरि अघि बढ्नु पर्ने नेकपा (माओवादी केन्द्र) को थाहा नगर अध्यक्ष बिनोद कुमार लामाको भनाई रहेको थियो।

छलफल कार्यक्रममा महानिर्देशक केसीले उद्यान संरक्षणमा सहयोग पुराउने स्थानिय दामनबासिलाई धन्यवाद दिदै आगामी दिनमा उद्यानलाई पर्यटन प्रवर्धनमा टेवा पुग्ने खालको गुरु योजना तयार गरि कार्यक्रम संचालन गर्ने र रोजगारिको सिर्जना समेत हुने खालको कार्यक्रम संचालन गरि स्थानीय तहसंग सहकार्य गरेर नै यी कार्यक्रमहरु कार्यान्वयन गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो।

Scroll to Top