मङ्गलबारदेखि न्यूरोडकाे कालोपत्रे सडकमा सवारी पार्किङ निषेध

काठमाडौं— काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार मङ्गलबारदेखि न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरिने भएको हो । उक्त क्षेत्रको विकल्पमा काठमाडौंमा टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने उनले बताए । 

उनले भने, ‘पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौं ।’

उनका अनुसार, धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ ।

Scroll to Top