मल्लकालका नारी र तिनको अवस्था

मल्लकालमा नारीको अवस्था श्रद्धा र हेला दुबै रूपमा भएको पाइन्छ ।

एकातिर कुमारी पूजा एवं पञ्चकन्या पूजा जस्तोले समाजमा नारी वर्गको ठूलो सामाजिक सम्मान देखिन्छ भने अर्को तर्फ जयप्रकाशले पाटने ६ प्रधानलाई असाध्य घनघोर बेइज्जत गराउन फरिया चोली इत्यादि लगाइ दिइ बजार हुलाएको चर्चा पनि पाइन्छ ।

प्रतापमल्ल (वि० सं० १६९८-१७३१) ले रानीको नाममा एउटा पोखरी (हाल कमलाक्षी छेउ) बनाइ दिए जो रानी पोखरी नामले प्रसिद्ध छ । त्यसै गरी राजाशिव सिंह (वि० सं० १६४६-१६१५ को समयमा उनकी रानी गंगा देवीलाई आफ्नो सुख सयल बिहारको निम्ति मनोहर चित्ताकर्षक बगैचा बनाइदिए (बुढानिलकण्ठ जाने बाटो तिर) जसको नाम रानीवन अहिले पनि प्रख्यात छ ।

सो समयका देवालय टुंडालहरूमा अंकित नारीहरूको चित्रबाट नारीहरू भोग विलासका वस्तु थिए भन्ने कुरा प्रष्टिन्छ ।

राजा जयस्थिति मल्ल (वि० सं० १४३६-१४४२) इतिहासमा सुधारवादी राजाका नाममा चिनिन्छन् । तर उनको प्रथम परिचय सम्बन्धमा राजबल देवीका पति भनी परिचय गराइएको अभिलेख पाइन्छ । पिता-माताको नाम नलिई पत्नीको नामबाट परिचित हुनुबाट नारी प्रधान रहेको प्रमाण मिल्दछ ।

मल्लकालमा भक्तपुर कान्तिपुर र ललितपुर तीनै राज्यहरूमा ल्याइते र ब्याइतेको चलन थियो । जुन चलन खास गरेर राजपरिवार तथा उच्चकुलीन खानदानमा नै प्रचलित रहेको पाइन्छ ।

मल्लकालमा भक्तपुर कान्तिपुर र ललितपुर तीनै राज्यहरूमा ल्याइते र ब्याइतेको चलन थियो । जुन चलन खास गरेर राजपरिवार तथा उच्चकुलीन खानदानमा नै प्रचलित रहेको पाइन्छ ।

मल्लकालको इतिहास अध्ययन गर्दा कतै मातृभक्त पाइन्छन् कलै आफ्नी आमालाई अत्यन्त कष्ट दिइकन जेलमा राखी जेलमै मृत्यु भएको
समेत पाइएको ।

कुनै राजाले आफ्नी रानीलाई अत्यन्त प्रेम गरेको पाइन्छ भने कुनै रानीलाई अत्यन्त कष्ट दिइएको उल्लेख पाइन्छ ।

ऐतिहासिक पृष्ठभूमि भएको वेल विवाह र इही प्रथा मल्लकालदेखि नै शुरूवात भएको हो । मल्लकालीन स्त्रीहरूमा नाक नछेडने चलन थियो मातातीर्थ र कुमारी पूजा मल्लकाल देखिनै चलेको हो ।

मल्लकालीन समाजमा विवाहिता नारीले लोग्नेलाई कारणवश त्याग्न परेमा छोडपत्र दिन सक्ने चलन थियो ।

मल्लकालीन समाजमा विधवा विवाहको पनि चलन भएको पाइन्छ । सो समयमा सतीप्रथा पनि थियो भन्ने कुरा विभिन्न मल्ल राजाहरू साथ सती गएका रानीहरूको संख्यालाई दृष्टिगत गर्दा थाहा पाइन्छ !

मल्लकालका उल्लेखनीय नारीहरू –

१. रानी देवल देवी :

जयरूद्र मल्लको मृत्यु वि सं० १३८३ मा भयो । यस पछि नेपालको शासन भार रानी देवल देवीले लिइन् । त्यस समयमा भएका केही विद्रोहलाई यिनी पराक्रमका साथ दमन गर्न सफल भएकी थिइन् ।

सो बाहेक नेपालको विग्रदो राजनैतिक स्थितिलाई ध्यानमा राखी राजनैतिक स्थिरता कायम गर्न जयस्थिति मल्ललाई बाहिरबाट ल्याई आफ्नी नातिनी रामल्लदेवीसँग विवाह
गरि दिएकी थिइन् ।

२. पाटनमा रानी महतारी लालमती :

पाटनको २१ गजुरे कृष्ण मन्दिर बनाउने राजा सिद्धिनरसिंह मल्ल वि० सं० १६७५-१७ – ७) की आफ्नी माता रानी लालमती थिइन । यिनी आफ्ना पुत्र सिद्धि नरसिंह मल्लको नायब भई बसेकी थिइन्, यसैकारण पुत्रले पनि माताका नाममा जाउलाखेल पोखरी र भण्डारखाल पोखरी बनाइ माताको कीर्ति स्थापना गरेका थिए ।

अन्त्यमा के भन्न सकिन्छ भने मल्लकालमा नारीहरूको राजनैतिक तथा सामाजिक स्थिति उच्च नै थियो । मल्लकालमा नारीको सम्मान थियो । जसको प्रमाण स्वरूप आजसम्म मल्लकालमा शुरुवात गरिएका कतिपय संस्कृतिहरू देखा परिरहेका नै छन् !

(एक फूल अनेक रंग ?)

Scroll to Top