महाँकाल ब्याडमिन्टन कभर्ड हलको आयोजनामा चन्द्रागिरिमा आज देउसी–भैलो तथा बृहत लोकदोहाेरी हुँदै

काठमाडौं । महाँकाल ब्याडमिन्टन कभर्ड हलको आयोजनामा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र ७ प्रांगणमा आज देउँसी–भैलो कार्यक्रम आयोजना हुँदैछ ।

दीपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा कभर्ड हलले देउसी भैलो तथा बृहत लोक दोहारी कार्यक्रम गर्न लागेको हो । विभिन्न ख्याति प्राप्त लोक दोहोरी गायकहरुको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक श्यामकुमार केसीले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ को कार्यालय प्राङ्गणमा हुन लागेको देउसी–भैलो कार्यक्रममा बालचन्द्र बराल, रितु तामाङ, श्याम राना, सुजन पोखरेल, दिनेश काफ्ले, नारायणी खत्री, शरद एल जी, मीना लामा, सुमन थापा मगरलगायतका लोकदोहोरी कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रम संचालन रुपा घर्ती मगरले गर्नुहुने छ भने गायनतर्फ श्याम राना, मीना लामा, सुमन थापा मगर, बालचन्द्र बराल रहेका छन् । नृत्यतर्फ नारायणी खत्री, ऋतु तामाङले प्रस्तुती रहने छ । साथै कार्यक्रमको प्रमुख आकर्षकको रुपमा थाली नाच रहेको कार्यक्रम संयोजक श्याम केसीले जानकारी गराउनु भयो ।

यसैगरी कार्यक्रममा स्थानीय कलाकार आरसी गोर्खाली, सुमन पोखरेललगायतको प्रस्तुती पनि रहने छ । कार्यक्रम अपरान्ह ४ बजेदेखि राति ९ बजेसम्म संचालन हुनेछ । कार्यक्रमको विशेष सहयोगीमा देउराली यूवा क्लव र झिलिमिलि हाटबजार व्यवस्थापन समिति रहेका छन् । महाँकाल ब्याडमिन्ट कभर्ड हलn] विगत चार वर्षदेखि देउसी–भैलो तथा लोकदोहोरी कार्यक्रम गर्दैआएको छ ।

Scroll to Top