महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभा सम्पन्न

थानकोट ।
महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभा सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका ५ महादेवस्थानस्थित समितिको आफ्नै कार्यालय भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रमा उपप्रमुख बसन्ती श्रेष्ठ, संघीय खानेपाती तथा ढल व्यवस्थापन आयोजना हेटौंडा, मकवानपुरका आयोजना प्रमुख ई. उज्वल प्रजापति, चन्द्रागिरि नगरपालिका ५ को वडाअध्या राजेन्द्र महर्जन, वडा नं. ६ को वडाध्यक्ष सञ्जय सिग्देल तथा वडा नम्बर ७ को वडाध्यक्ष शम्भुकुमार केसीको उपस्थिति रहेको थियो ।


साथै, चन्द्रागिरि नगर कार्यपालिका सदस्य संगिता महर्जन र उमा थापा, चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ महादेवस्थानका वडा सदस्यहरू, खानेपानी विभाग तथा सो अन्तर्गतका कार्यालयका प्रतिनिधिहरू, यस समितिका सल्लाहकारहरू, कर्मचारी वर्ग, यस समितिका उपभोक्ताहरू तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।


महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभाबाट सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा एलबहादुर महर्जन अध्यक्षतमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा पुरुषोत्तम उदास, सचिवमा माधवप्रसाद रेग्मी, कोषाध्यक्षमा बिना रोकाय, सहसचिवमा नन्द कुमार महर्जन निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा विष्णु बहादुर महर्जन, भक्तलाल श्रेष्ठ, रमेश कुमार रुपाखेती, यशोदा गौतम केसी, शोभा ओली र विवेक ढकाल छन् ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ को जनप्रतिनिधिहरुको उपस्थितिमा यस समितिको साधारण सभाबाट सर्वसम्मतरुपमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

Scroll to Top