माइतीघर, राष्ट्रपति र प्रधानमन्त्री निवास बाहिर थप २ महिना प्रदर्शन निषेध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सुचना जारी गरी माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटारलगायतका क्षेत्र वरपर निषेधित क्षेत्र कायम राखेको छ ।
गत महिना प्रशासन कार्यालयले ती क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । उक्त अवधि सकिएपछि थप दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला भई अनशन, धर्ना घेराउ र विरोध प्रदर्शन गरिएकााले त्यस्ता काम गर्न रोक लगाएको उल्लेख गरेका छन् ।
ती क्षेत्रमा ५ जना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

Scroll to Top