माओवादी केन्द्रको वडा भेलाहरु सम्पन्न : ४ को अध्यक्षमा चुनिए बलामी


नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) चन्द्रागिरि नगरपालिका वडा नं ४ को दोस्रो वडा भेला सम्पन्न भएको छ ।

पुस १९ गते चन्द्रागिरि बजारमा सम्पन्न सो वडा भेलामा पार्टीका केन्द्रिय सल्लाहकार समिति सदस्य मुकुन्द घिमिरे प्रमुख अतिथि तथा विशेष अतिथिहरुमा जिल्ला समन्वय समिति सदस्य श्याम गिरी , चन्द्रागिरि नगर वाइसीएल संयोजक विजय श्रेष्ठ , अखिल नेपाल किसान महासंघ संयोजक तेजमान श्रेष्ठ , चन्द्रागिरि बुद्धिजिवि संगठन संयोजक दिन रमण जोशी लगायतको उपस्थिति रहेको थियो ।

झन्डै ४ महिनादेखी जनतासँग माओवादी : विशेष रुपान्तरण अभियानकै एउटा अंगको रुपमा देशव्यापी संगठन सुदृढीकरण , भेट्घाट , घरदैलो र माओवादी पार्टीले ल्याएका राजनीतिक परिवर्तन र उपलब्धीहरुबारे छलफल , अन्तर्कृया र जन सम्बन्ध सुधारको बाटोमा पार्टी रहेको र सोहि अभियान अनुरुप पौष १९ गते चन्द्रागिरि नगर वडा नम्बर ३,४, १० र ११ को वडा भेला सम्पन्न गरिएको
केन्द्रिय सल्लाहकार समिति सदस्य मुकुन्द प्रसाद घिमिरेले बताए ।

जस अनुसार , वडा नं ४ मा १९ सदस्यीय कार्य समिति सहित तिर्थराज बलामी अध्यक्षमा चुनिएका छन् भने वडा नम्बर ३ मा कल्पना न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको छ । त्यस्तै वडा नम्बर १० मा हिमाल महर्जनको अध्यक्षतामा २१ सदस्यीय र वडा नम्बर ११ मा बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय वडा समिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्रका ) चन्द्रागिरि नगर अध्यक्ष देवकृष्ण महर्जनले जानकारी दिए !

Scroll to Top