माओवादी केन्द्र ४ समितिमा तिर्थराज बलामी चुनिए

नेकपा ( माओवादी केन्द्र ) चन्द्रागरि ४ को पार्टी पुनर्गठन सम्पन्न भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत देशैभरी चलिरहेको माओवादी शुद्धीकरण तथा नयाँ शिराबाट पार्टी निर्माण र जन सम्बन्ध सुदृढीकरण लगायत विविध कार्यक्रम मार्फत अहिले माओवादी पार्टी गठन, पुनर्गठन कार्यमा तिव्ररुपमा लागिरहेको केन्द्रिय सल्लाहकार समिति सदस्य मुकुन्द घिमिरेले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सदस्य सानुकाजी खड्गीले टुक्रा-टुक्रामा विभाजित मुल माओवादी धाराहरु एकै ठाउँमा आउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । चन्द्रागिरि पार्टी समिति कार्यालय सदस्य तथा अखिल नेपाल किसान महासंघ संयोजक तेजमान श्रेष्ठले नयाँ समिति घोषणा गरेका थिए । १९ सदस्यीय पुनर्गठित कार्य समितिमा तिर्थराज बलामी अध्यक्षमा चुनिएका छन् !

Scroll to Top