मातातीर्थमा आज बेलुका सन्ध्याकालिन आरती हुने

काठमाडौं । चन्द्रागिरि ६ स्थित मातातीर्थ कुण्डमा आज बेलुका सन्ध्याकालिन आरती हुने भएको छ ।
ऐतिहासिक, सांस्कृतिक, पौराणिक, धार्मिक स्थल मातातीर्थ कुण्डमा अबदेखि हरेक औंशीमा सन्ध्याकालिन कारतीको आयोजना गर्न लागेको मातातीर्थ संरक्षण तथा विकास समितिका अध्यक्ष शान्ता उदासले शोणितपुर खबरलाई बताए ।
गत महिना मातातीर्थ औंशीको अवसर पारेर पहिलो पटक यस पवित्र भूमिमा सन्ध्याकालिन आरती गरिएको थियो भने यसैलाई निरन्तरता दिँदै समितिले सन्ध्याकालिन आरती गर्न लागेको हो ।
सबै भक्तजनहरुले यस पवित्र भूमिमा हरेक औंशीको दिनमा सन्ध्याकालिन आरती गर्नुपर्यो भनेर सुझाव आएअनुसार नै अबदेखि हरेक औंशीको दिनमा सन्ध्याकालिन आरती गर्ने समितिका अध्यक्ष उदासले जानकारी दिए ।

Scroll to Top