मातातीर्थ चखेल खण्डको बाटो भोलि फागुन १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बन्द

मातातीर्थ चखेल खण्डको बाटो भोलि फागुन १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बन्द हुने भएको छ ।
महालक्ष्मी दोभान घट्टेखोला, चखेल देउराली, मातातीर्थ, सतुङगल खण्डको सडक अन्तर्गत मातातीर्थ खण्डको धारापानी नजिक साँघुरो बाटोको छेउपट्टि वाल लगाउने काम भइरहेको हुँदा उक्त सडक खण्ड बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का अध्यक्ष दुतराज तितुङले जानकारी दिए ।
बेलुका ६ बजेपछि भने आवत जावत गर्न सकिने जानकारी गराए ।
निजी सवारी साधनहरुलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै अध्यक्ष तितुङले वैकल्पिक बाटोको रुपमा चित्लांग चन्द्रागिरिको बाटो प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।

Scroll to Top