मातातीर्थ -चखेल सडक र वीर फाखेल पार्कको काम छिटो सक्न सांसद बर्तौलाको निर्देशन 

मकवानपुर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले हेटौंडा काठमाडौं छोटो मार्ग अन्तर्गत पर्ने माततिर्थ-चखेल सडक र इन्द्रसरोवर गाउँ पालिका ४ मा निर्माणाधीन वीर फाखेल मैत्री पार्कको काम छिटो सक्न निर्माण व्यवसायी शिव चौलागाईँलाई निर्देशन दिएका छन् । 

आज बुधबार सांसद बर्तौलाले निर्माण व्यवसायी चौलागाईँलाई उच्च रफ्तारमा काम सम्पन्न गर्न नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा बोलाएर निर्देशन दिएका छन् । यी दुबै परियोजनाको निर्माण गर्ने जिम्मा एउटै निर्माण व्यवसायीको जिम्मेवारीमा परेको छ ।

सो क्रममा चौलागाईँलाईले कामको तालिका बनाएरै आफूले छिटो भन्दा छिटो काम सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Scroll to Top