मातातीर्थ मेला भव्य रुपमा समापन

काठमाडौं । आज मातातीर्थ औंशीको दिनमा देशैभरि विभिन्न कार्यक्रम गरी मातातीर्थ औंशी मनाइयो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको मातातीर्थ कुण्डमा पनि आज भव्य मेला लागेको थियो । जसमा देशैभरिबाट श्रद्धालु भक्तजनहरु आएका थिए ।
यसपाली मेला भव्य रुपमा समापन हुनुका साथै २-३ लाख भक्तजनहरुले मेलामा सहभागी भएका मातातीर्थ संरक्षण समितिका अध्यक्ष शान्ता उदासले शोणितपुर खबरलाई बताए ।

यो पाली अघिल्लो वर्षको भन्दा व्यवस्थापन र शान्ति सुरक्षा पनि राम्रो भएको अध्यक्ष बलामीले बताए ।
मातातीर्थ मेलामा नेपाल प्रहरी थानकोट बृत्त, चन्द्रागिरि नगरप्रहरी, विभिन्न संघसंस्था, विद्यालयका विद्यार्थीहरु, स्काउटले बिहान २ बजेदेखि मेला स्थलमा आई सहयोग गरेका थिए भने चन्द्रागिरि ७ का सामाजिक अभियन्ता उत्तम कार्कीले १०० कार्टुन पानी निःशुल्क वितरण गरेका थिए ।

Scroll to Top