मिस टुरिजम नेपालको चौथो संस्करण सम्पन्न

मिस टुरिजम हेरिटेजको ताज नरिना थापा मगरलाई

काठमाडौं ।
आरके इन्टरटेनमेन्टद्धारा आयोजित मिस टुरिजम नेपालको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा मिस टुरिजमको ताज रविना बराइलीले प्राप्त गर्न सफल भएकी छिन् ।
उत्कृष्ट तीन विधाको उपाधि चुम्ने होडमा देशभरिबाट १०० जनाभन्दा बढी सहभावी भएका थिए । जसमध्ये १० जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । फागुन ८ गते सम्पन्न उक्त कार्यक्रममा चारजनाले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।


तीमध्ये नरिना थापा मगरले मिस टुरिजम हेरिटेजको ताज पहिरिन सफल भएकी छिन् । राजधानी काठमाडौंको चन्द्रागिरि नगरको मनोरम प्राकृतिक छटाले भरिपूर्ण सुन्दर परिवेश र सांस्कृतिक सम्पदाले समृद्ध ठाउँमा जन्मिएकी नरिना स्नातक अध्ययनरत छिन् । भावुक र कल्पनाशील उनी नृत्य, अभिनय, समाजसेवा, भ्रमणमा सोखिन छिन् । शारीरिक रुपमा जति सुन्दर छिन्, मानसिक रुपमा पनि उत्तिकै सशक्त रुपमा सामाजिक कार्यक्रममा सहभागी छिन् ।
नेपालको सांस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक सम्पदाहरुलाई विश्व सामु उजागर गर्ने स्वर्णीम अवसर प्राप्त गर्न पाएकोमा आफू ज्यादै हर्षित भएको नरिना बताउँछिन् ।

नवरस संगीत पाठशालामा नृत्य सिकेर पाठशाला र चन्द्रागिरि नगरकै नाम राख्न सफल नरिना थापा मगरले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा नवरस संगित पाठशाला, चन्द्रागिरि नृत्य कलाकर्मी संघको तर्फबाट सफलताको नवरस संगीत पाठशालाका रवि रानाले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

Scroll to Top