![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/07/CHUNDEVI-1915X192.jpg)
मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ ।
शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ ।
उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/04/prabhat-school-1-1024x584.jpg)
बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/04/Kathmndu-shiksha-multiple-campus-3333_1-copy-2-1024x287.gif)
प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ ।
बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
![](https://shonitpurkhabar.com/wp-content/uploads/2024/04/chandragiri-unity-cafe-copy-2-1024x854.jpg)