मृत्यु पश्चात स्वर्ग जान वैतर्णीधाम दर्शन

ललितपुर जिल्ला स्थित धार्मिक तिर्थस्थलको रुपमा वैतर्णी धाम हिजोआज धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रख्यात भइरहेको छ ।
मृत्यु पश्चात स्वर्गको बाटो खुल्ला हुने विश्वास लिदै ललितपुरको महाँकाल गाउँपालिका ३ स्थित गोटीखेलमा रहेको वैतर्णीधाममा दर्शनार्थीहरु पुग्ने गरेको छ ।
ललितपुरको लगनखेलबाट करिब ५० कि.मी दक्षिण पूर्वि दिशामा पर्ने ललितपुरको महाँकाल गाउँपालिका ३ गोटीखेलस्थित घडघडा, वैतर्णी, कालमोचन दीपको त्रिवेण्ीमा रहेको वैतर्णीधाम रहेको छ ।
धार्मिक किम्वदन्ती अनुसार कालले भम्रण गर्ने क्रममा घडघडा, कालमोचन र वैतर्णी नदीको सगमस्थलमा स्नान गरी वैतर्णीको शिरमा रहेको कालेश्वर महादेव कालको तपस्याबाट प्रसन्न भई वरदान दिने क्रममा कालले आरधना गरेको ज्योर्तिङ्ग कालेश्वरको नामले पूजागर्न थालिएको हो ।
साथै महाभारत पर्वमा व्याख्या भएको युधिष्ठिरले जीवनमा एक पटक मात्र गरेको भूलको प्रायश्चित गर्न वैतर्णीमा नुहाएर कालेश्वर महादेवको तपस्या गरेको स्थानको वर्णन पाइन्छ ।
धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको देव देबीहरुको बासस्थान पृथ्वीको यही भूमण्डलमा रहेको बिश्वास गरिन्छ । जस्तै मानसरोवर, कैलाश पर्वत, गंगा आदि इत्यादि । यिनै आधारमा शास्त्र र धार्मिक ग्रन्थमा वर्णन गरिएको वैतर्णी नदी नै ललितपुरको गोटिखेलमा रहेका त्रिवेणी वैतर्णीधाम हो र यो नै वैतर्णी नदी हो भन्ने विश्वास यहाँका बासिन्दाहरुमा परापूर्व कालदेखि नै रहिआएको छ ।

यस वैतर्णी घाट, कालतिर्थ र कालमोचनघाट आदि नामले पनि प्रसिद्ध रहेको कुरा नेपाल माहात्म्यको हिमवत खण्डको १०३ अध्यायमा उल्लेख भएको पाइन्छ । यसरी वैतर्णीघाट केवल घाटको रुपमा मात्र रहि आएकोमा वि.सं.२०५६ सालमा वैतर्णीघाट सुधारसमिति गठन गरि यस क्षेत्रलाई धार्मिक धामको रुपमा विकास गर्दै लगेको छ ।
वैतर्णीधाम परिसरमा तारकेश्वर महादेव, अर्धचन्द्राकार कुण्ड, २२ धारा, गौशाला र भजन स्थल लगायतका संचरना निर्माण भईसकेको छ । यस क्षेत्रमा हिजोआज धार्मिक तीर्थयात्रीहरुको भ्रमण दिनानुदिन बढ्ने क्रममा रहेको छ । हरेक हप्ताको सोमबार र शनिबार सधैजसो मेला लाग्ने भएता पनि बैशाख पूर्णिमाको दिन यस बैतर्णि नदिमा विशेष मेला लाग्दछ ।

Scroll to Top