मेडिकलबाटै लागूऔषधको कारोबार गरेको आरोपमा सञ्चालक पक्राउ

काठमाडौँ । बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको प्रमाणसहित एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

औषधिजस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागू औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ घर भएका विकले केही समययता सो स्थानमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

Scroll to Top