मेलम्चीमा आएको बाढीका कारण ग्याल्थुम बजार जोखिममा, मेलम्ची–हेलम्बु सडक अवरुद्ध

काठमाडौं । अबिरल वर्षाका कारण सिन्धुपालचोकको ग्याल्थुम बजार जोखिममा परेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले बजार क्षेत्रमा त्रास सिर्जना भएको छ ।  हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएकोे छ भने स्कुलको जग भत्काएको छ । कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोले जानकारी दिए ।  उनले भने ‘४८ घण्टादेखि निरन्तर पानी परिरहेको छ । बजार क्षेत्र जोखिममा छ  ।

Photo-051692939000.jpegदुईदिन लगातार काम गरेर पानीको धार परिर्वतन गरिएपछि केही राहत भएको छ । तर निरन्तरको वर्षाका कारण नदीमा वहाव बढिहरकोेले जोखिम कम भएको छैन् ।’  पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था बनेको उपाध्यक्ष अप्सरा लम्सालले बताइन् ।  हेलम्बु, मेलम्ची क्षेत्रमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । गएरातिदेखि सडक अवरुद्ध भएको अध्यक्ष ह्याल्मोले जानकारी दिए ।  उनले भने ‘निरन्तर पानी परिहरेको छ आज सडक खुल्न सक्ने अवस्था छैन् ।’ पानी रोकिए पनि खोला घट्न समय लाग्ने उनको अनुमान छ । 

Photo-01 (1)1692938998.jpeg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १०:२

Scroll to Top