मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष एवम् मार्क्सवादी सौन्दर्य चिन्तनक मोहन वैद्य (किरण) अस्वस्थ भएर अस्पताल भर्ना भएका छन ।

दम बढेपछि उनलाई गएको आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताए ।
अहिले उनको अवस्था सुधारोन्मुख रहेको उनी अझै दुई दिन अस्पतालमै रहने सिंहले बताएका छन् ।

७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन् ।

Scroll to Top