यही पुस ६ गतेदेखि धुनिबेशी महोत्सव हुँदै

काठमाडौं : धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ को चालिसेमा धुनिवेशी महोत्सव हुने भएको छ । यही पुस ६ गतेदेखि १६ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको आयोजक स्मार्ट धुनिवेशी युवा क्लबका अध्यक्ष सदिप विक्रम शाहले जानकारी दिए ।
धुनिवेशी नगरपालिकाको संरक्षकत्वमा आयोजना हुन गइरहेको महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जानकारी दिए ।
स्थानीय उत्पादिन खाद्य वस्तुका साथै विभिन्न घरेलु उद्योगहरुले उत्पादित घरेलु वस्तुहरुको स्टल रहने जानकारी नगरप्रवक्ता तथा धुनिवेशी वडा नं. ६ का अध्यक्ष रमेश आचार्यले जानकारी दिए ।

Scroll to Top