यी स्थानमा हुनेछ आज वर्षा र हिमपात

काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जस्का कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको बताएकाे छ ।

यतिबेला (बिहीबार बिहान) देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाको कारण आजबाट सुरु हुन लागेको एसईई परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन्। 

आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ। देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

Scroll to Top