यो गठबन्धन माघ कट्दैन, वैशाख १७ गते इलाममा ठुलो विजय र्‍याली हुनेछ: गगन थापा

काठमाडौं । इलाम- २ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउन इलाम पुगेका कांग्रेस महामन्त्री गगन थापाले एमाले र माओवादीको यो गठबन्धन माघ महिना सम्म नकट्ने ठोकुवा गरेका छन् ।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यो गठबन्धनले २०८१ को माघ कटाएछ भने यहीँ उभिएर जवाफ दिन आउने बताए। उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

महामन्त्री थापाले यो गठबन्धनले २०८१ को माघ कटाएछ भने यहीँ उभिएर जवाफ दिन आउने बताए। उनले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

उनले भने, ‘सम्पूर्ण इलामका मतदाताहरूलाई यो निर्वाचनले दिने सन्देशले सिङ्गो देसलाई एउटा नयाँ धारणा लिएर जाने छ । यो निर्वाचनले सरकार दिन्न । यो निर्वाचनले सांसद र सन्देश दिन्छ । यो सन्देश वैशाख १५ गते पछि नेपालले प्राप्त गर्छ । वैशाख १५ गते यहाँ चुनाव हुन्छ र १७ गते इलाममा ठुलो विजय र्‍याली हुन्छ । २० गते हामी माला लगाएर संसद् भवन भित्र डम्बर खड्कालाई स्वागत गर्न बस्नेछौँ ।

Scroll to Top