रञ्जना लिपी युनिकोड फन्टमा पनि 

काठमाडौँ । नेपाल कला परिषदमा ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्ट सार्वजनिक गरिएको छ ।

क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाहरुको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र लिपी सिक्न सक्ने स्वरुपमा रुपान्तरण भयो । यही लिपी सार्वजनिक भएको हो ।
लिपी सार्वजनिक गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, मौलिक लिपी विश्वव्यापीकरण भएको क्षणले सपना पूरा भएको, जीवनमा हर्षविभोर भएका पलहरुमा स्मरण भइरहने खुशी प्राप्त भएको बताइन् ।
युनिकोड फन्ट निःशुल्क उपलब्ध हुनेछ । देवनागरिक युनिकोडका साथै नेबा युनिकोडमा पनि उपलब्ध हुनेछ । यो स्क्रीन, प्रिन्टिङ र वेबका लागि अनुकुलित छ ।

Scroll to Top