रमा आले मगरको सपथ ग्रहण: हाललाई विना विभागीय

काठमाडौं । एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद रमा आले मगरले बाग्मती प्रदेशको मन्त्रीको सपथ ग्रहण गर्नुभएको छ । उहाँ काठमाडौं क्षेत्र नम्बर १० (२) बाट प्रत्यक्ष निर्वाचित साँसद हुनुहुन्छ । प्रदेशसभाको काठमाडौं क्षेत्र नम्बर १० (२) बाट उहाँ लगातार दुई पटक प्रत्यक्ष निर्वाचित उहाँको यो दोस्रो कार्यकाल हो ।

सत्ता गठबन्धन परिवर्तन पछि पुनर्गठित बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उहाँलाई विना विभागीय मन्त्रीको शपथ गराउनु भएको हो । सात दिन भित्र मन्त्रालयको जिम्मेवारी दिइसक्ने बताइएको छ ।

Scroll to Top