राजधानीसँग जोडिएका ३४ वटा सडक धमाधम मर्मत हुँदै

काठमाडौँ । सडक विभागले काठमाडौँ जोड्ने देशभरका ३४ वटा रणनीतिक सडक मर्मतमा तीव्रता दिएको छ । यसका लागि ५ अर्ब ९४ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेर धमाधम काम गरिरहेको छ ।

विभागका अनुसार कुल १८ हजार १६४ दशमलव ४३ किलोमिटर सडक मर्मतका लागि बजेट छुट्याइएको हो । जसमा नियमित मर्मत गर्नुपर्ने ७ हजार ७७८ दशमलव ५८ किमि सडक छन् । बाग्लुङमा रहेको ४५५.१३ किलोमिटर सडक रणनीतिक भित्र पर्छ । जसमा २२.१३ किलोमिटर सडक नियमित मर्मत गर्नुपर्ने देखिन्छ । उक्त सडकखण्ड मर्मतका लागि २५ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कुल १८ हजार १६४ दशमलव ४३ किलोमिटर सडक मर्मतका लागि बजेट छुट्याइएको हो । जसमा नियमित मर्मत गर्नुपर्ने ७ हजार ७७८ दशमलव ५८ किमि सडक छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, विराटनगर, भरतपुर, बुटवल, चन्द्रनिगाहपुर, चरिकोट, चौरजहारी, दमक, दमौली, दाङ, धनकुटा, डोटी, हर्खकपुर, हेटौँडा, इलाम, जनकपुर, खलङ्गा, खुर्कोट, लहान, महेन्द्रनगर, नेपालगञ्ज, नुवाकोट, पाल्पा, पोखरा, प्यूठान, साँफेबगर, शिवपुरी, सुर्खेत र तुम्लिङटार सडक खण्डमा अहिले नियमित मर्मत सम्भार भइरहेको विभागका सूचना अधिकारी अमित कुमार शर्माले जानकारी दिए ।

Scroll to Top