राष्ट्रिय सभाको निर्वाचनका लागि माओवादी केन्द्रका ६ जना उम्मेदवारी

काठमाडौँ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो । माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टुंगो लगाएको हो। माओवादी केन्द्रका महासचिव देव गुरुङले सोमवार उम्मेदवारी मनोनयन गर्नुपर्ने भएपछि राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम टुंग्याएको जानकारी दिनुभयो ।

यसअघि, सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई सीट र जसपालाई एक सीट लिनेगरी सहमति भएको थियो ।

Scroll to Top