राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनबाट १८, एमालेबाट एकजना निर्वाचित

काठमाडौं ।
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । बिहीबार १९ वटा सांसद पदकालागी सात वटैं प्रदेशमा सम्पन्न मतदानबाट सबैं प्रदेशबाट निर्वाचत नाम टुंगो लागेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रदेश १ बाट खुल्ला महिलातर्फ रुक्मणी कोइराला निर्वाचित भएका छन् भने १८ जना सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जसपाबाट निर्वाचित भएका छन् ।
प्रदेश १ बाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौंला र एमालेकी कोइराला निर्वाचित भएका छन् ।
यसरी नै मधेस प्रदेशबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट नेपाली कांग्रेसबाट विष्णुकुमारी पुडासैनी, जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशबाट बिष्णुकुमारी सापकोटा नेपाली कांग्रेसबाट निर्वाचित हुँदा माओवादीबाट झक्कु सुवेदी निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन् भने माओवादीकी मनरुपा शर्मा निर्वाचित भएका छन् । यसरी नै सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट निर्वाचित हुँदा माओवादीकी रेणु चन्द निर्वाचित भएका छन् ।
कर्णालीबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, माओवादीबाट बिष्णुबहादुर विश्वकर्मा र एकीकृत समाजवादीबाट सावित्री मल्ल निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट निर्वाचित मनोनित एकसहित २० सांसदको पदावधि यही फागुन २० गते सकिँदैछ । पदावधि समकनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपा, मनोनित र स्वतन्त्र एक÷एक जना रहेका छन् ।
एमालेबाट पदावधि समकनेमा गणेशप्रसाद तिमिल्सिना, इन्दु कडरिया, कुमार दसौंदी, दीप गुरुङ, दिलकुमारी रावल ९पार्वती०, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन् ।
यसैगरी नेपाली कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्धको सकिएको हो ।
माओवादीबाट विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा, समाजवादीबाट नन्दा चापागाई र सिंहबहादुर विश्वकर्मा बिदाइ हुँदैछन् ।
त्यसैगरी जनता समाजवादी पार्टीबाट प्रमिला देवी, राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदैछ ।

Scroll to Top